Sat Jan 22 2022
मुख्य खबर

पाकिस्तानमा आतंकवादी हमला, ५ सैनिकको मृत्यु

 

पाकिस्तानमा आतंकवादी हमलामा परि ५ सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा बिहीबार मध्यरातमा भएको आतंकवादी हमलामा ५ सैनिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् । मिडिया रिपोर्टका अनुसार आक्रमण एक सर्च अपरेसनको क्रममा भएको थियो । जसको क्रममा आतंकवादीहरुले गोली हानेर भागेको जनाइएको छ । यो महिनामा यस क्षेत्रमा भएको यो चौथो हमला हो । यस क्षेत्रमा तालिवानको बलियो उपस्थिति रहेकोले विगतका हमलाहरु जस्तै यो आक्रमण पनि पाकिस्तानी तालिबानले गरेको हुन सक्ने जनाइएको छ । यस हमलाको केहि दिन अघि पाकिस्तान प्रधानमन्त्री इमरान खानले एक साक्षात्कारमा आफ्नो सरकार लगातार तालिबानसंग वार्ता रहेको र चाडै कुनै निष्कर्षमा पुग्न सक्ने बताउदै आएका थिए । यद्यपी तालिबानले भने वार्ता गर्न अस्वीकार गर्दै पाकिस्तानी सरकारले उनीहरुको कब्जामा रहेको क्षेत्रहरुमा शरिया कानून लागू गर्नुपर्ने बताउदै आएको छ ।