Wed Aug 10 2022
देश

स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ

सुनसरी । सुनसरीमा स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट बिल नभएको २ सय ५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।