Sat Jan 22 2022
देश

बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख दिने कर्णाली सरकारको निर्णय

काठमाडौं । बाढी पहिरोमा परी घाइते भएकाहरुलाई कर्णाली प्रदेश सरकारले निःशुल्क उपचार गरिदिने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै बाढी पहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् ।