Thu Oct 6 2022
देश

महाधिवेशन उद्घाटन सत्रमा ५ लाख सहभागी गराउने एमालेको तयारी

काठमाडौं । एमालेको १० औं महाधिवेशन गर्ने निर्णय गरेलगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको छ ।

एमाले स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेलगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको हो ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए ।

पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी गराउने तयारी रहेको पोखरेलले जानकारी दिए ।

एमालेले एक्लैले संसदीय चुनावमा बहुमत ल्याउने पोखरेलको दावी छ ।