Wed Jan 19 2022
देश

प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने भएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीको दल वा सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यताअनुसार मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।

नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेका छन् भने विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी गर्दै आएको छ ।