काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिड्नुपर्ने चुनौती रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालका प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे ।
उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरुपनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए ।
नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको बताए ।
गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए ।
सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिए ।
पानी बिनाको जीवन नहुने भन्दै उहाँले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानीको रक्षा गर्नुपर्ने बताए ।