Wed Jan 19 2022
देश

शिक्षामन्त्रीले मागे १०० दिनको योजना, दायित्व र कर्तव्य नभुलेर काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजनासहित आफ्नो दायित्व र कर्तव्य नभुलेर काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार आयोगका पदाधिकारीलाई निर्देशन दिँदै जनताको पक्ष र मेडिकल शिक्षा सुधार्नका लागि गरिएको काम एक दुई जनाले विरोध गर्दैमा केही नहुने भन्दै आफ्नो दायित्व र कर्तव्य नभुलेर काम गर्न निर्देशन दिएका हुन् । ।

‘पहिलो चरणमा सय दिनमा गर्न सकिने कामको योजना बनाएर एक वर्षभित्र ऐन, र कानुनले दिने गरी गर्न सकिने कार्ययोजना बनाएर लागौं प्रतिफल आउँछ विश्वस्त दिलाएका छन् ।

मन्त्री पौडेलले आयोगमा अल्झिएका विषयहरु सल्ट्याउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि अन्तर मन्त्रालयसँग पहल गर्ने बताए ।

मेडिकल शिक्षाको परीक्षा प्रणालीलाई निष्पक्ष बनाएर सक्षम जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए ।