Sun Jan 16 2022
देश

बसको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (पश्चिम)मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नवलपरासी जिल्लाको सुनवल नगरपालिका–१ स्थित सडकमा बसको ठक्करबाट सोही नगरपालिका–६ का ४१ वर्षीय चित्रबहादुर गुरुङको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।