Wed Aug 10 2022
मुख्य खबर

रुसको हतियार निर्माण कारखानामा विष्फोट हुँदा १६ जनाको मृत्यु

रुसको एक केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
रुसको पश्चिमी रियाजान प्रान्तमा रहेको एक केमिकल प्लान्टमा प्राविधिक त्रुटिका कारण दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको रुसको सरकारी टेलिभिजनले जनाएको छ । घटनामा एक जना घाइते भएका छन । ती घाइतेलाई गम्भीर रूपमा जलेको अवस्थामा अस्पताल लगिएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्राविधिक प्रक्रिया पालना गर्न नसक्दा दुर्घटना भएको उल्लेख गरिएको छ । विष्फोटपछि आगो निभाउन उद्धारकर्मी र दमकल घटनास्थलमा पुगेर उद्धार गरेका छन् । राजधानी मस्कोको दक्षिण पूर्वमा स्थित यस प्लान्टमा विस्फोटक पदार्थका साथै हतियारहरु समेत बनाइन्छ ।