Wed Aug 10 2022
मुख्य खबर

बाल यौन दुराचार आरोपमा फरार अभियुक्त पक्राउ

काठमाडौँ– बाल यौन दुराचारमा दोषी ठहर भएका एक फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका १३ का छबिलाल रासकोटीलाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बाँकेले ३ वर्षको कैद र ३ हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । २०७७ मा फरार भएका उनलाई पक्राउपछि अदालतमा उपस्थित गराइएको छ ।