जोडिनुहोस
  • होमपेज
  • वीर अस्पतालको छतको पर्खाल भत्किँदा इँटाले लागेर तीनजना घाइते

वीर अस्पतालको छतको पर्खाल भत्किँदा इँटाले लागेर तीनजना घाइते

काठमाडौँ– वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा खसेको इँटाले लागेर तीनजना घाइते भएका छन्। 

दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् । 

माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वसाधारणमाथि खसेको थियो। ती इँटाले लागेर तीनजना घाइते भएका हुन्। 

उनीहरूलाई  उद्धार गरेर उपचारका लागि भर्ना गरिएको छ।  

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका