Thu Jan 27 2022
अन्तर्राष्ट्रिय

अमेरिकामा गोलाबारीमा परि सात जनाको मृत्यु

एजेन्सी । अमेरिकामा गोलाबारीमा परि सात जनाको मृत्यु भएको छ ।

अमेरिकाका छुट्टा छुट्टै दुई ठाउमा भएको गोलाबारीमा परि सात जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

गोलीबारीको पहिलो घटना नेब्रास्काको डाउनटाउनको एउटा अन्न गोदाममा भएको थियो । जहाँ चार जनाको मृत्यु भएको जनाइएको छ ।

रिपोर्ट अनुसार एक गोदाममा काम गर्ने कामदारलाई बर्खास्त गर्दा उनले तीन जनालाई गोली प्रहार गरेका थिए ।

दुई महिला र एक पुरुषको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अर्को घटनामा मेक्सिकोको क्यारेबियन शहर तुलुमको एउटा रेस्टुरेन्टमा गोली चल्दा तीन विदेशी नागरिकको मृत्यु भएको छ ।

घटनामा अन्य तीन जना घाइते भएका छन । लागूऔषध कारोबारीका दुई समूहबीच झडप हुँदा गोली हानाहान भएको उल्लेख छ ।