काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहितको टोली आज भैरहवामार्फत भारतको मुम्बई जाने भएको छ ।
सह–महामन्त्री प्रकाशशरण महतको टोली फर्किएलगत्तै डा. कोइरालाको टोली भारत जान लागेको हो ।
टोलीमा पूर्वमन्त्रीद्वय दीपक खड्का र दीपक गिरी पनि रहने कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन् ।
दिल्लीमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र मुम्बईमा उपचाररत कर्मा घलेलाई भेट्ने कार्यक्रम रहेको छ । घले मुम्बईमा उपचाररत छन् ।