Fri Jan 28 2022
अन्तर्राष्ट्रिय

पश्चिमी रुसस्थित एक हतियार निर्माण कारखानामा विष्फोट, १६ जनाको मृत्यु, एक जना घाइते

एनेन्सी । रुसको एक केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

रुसको पश्चिमी रियाजान प्रान्तमा रहेको एक केमिकल प्लान्टमा प्राविधिक त्रुटिका कारण दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको रुसको सरकारी टेलिभिजनले जनाएको छ ।

घटनामा एक जना घाइते भएका छन । ती घाइतेलाई गम्भीर रूपमा जलेको अवस्थामा अस्पताल लगिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्राविधिक प्रक्रिया पालना गर्न नसक्दा दुर्घटना भएको उल्लेख गरिएको छ । विष्फोटपछि आगो निभाउन उद्धारकर्मी र दमकल घटनास्थलमा पुगेर उद्धार गरेका छन् ।

राजधानी मस्कोको दक्षिण पूर्वमा स्थित यस प्लान्टमा विस्फोटक पदार्थका साथै हतियारहरु समेत बनाइन्छ ।