Wed Aug 10 2022
देश

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मर बहादुर थापा चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश अध्यक्षमा अम्मर बहादुर थापा चयन भएका छन् ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटीको वैठकले दैलेखका थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री शाहीको पक्षमा फ्लोर क्रस गरेर मतदान गरेपछि नेकपा एमालेले बर्खास्त गरेको थियो ।

साथै माधव नेपाल समूहबाट उनीसहित चार जनाको सांसद पद गएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन् ।