सर्लाहीको लालबन्दीमा निर्माण भएको सवस्टेशनबाट विद्युत सेवा प्रवाह शुरु

सर्लाहीको लालबन्दीमा निर्माण भएको सवस्टेशनबाट विद्युत सेवा प्रवाह शुरु
शनिबार, कार्तिक ६, २०७८

शंखर पहाडी, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १ मा निर्माण भएको १३२/३३ केभीए सव स्टेशन आयोजना नवलपुरले आजबाट हरिवन र लालबन्दी क्षेत्रमा विद्युत सेवा प्रवाह शुरु गरेको छ ।

करिब ४७ लाखको लागतमा निर्माण भएको आयोजनाले तिहारलाई झिलिमिली बनाउँदै भन्दै तिव्रगतीमा काम गरेको थियो ।

लालबन्दी नगरपालिका १ मा निर्माण भएको जिल्ला कै ठूलो १३२/३३ केभीए सव स्टेशन आयोजनाले आजबाट हरिवन र लालबन्दीमा विद्युत सेवा शुरु गरेको छ ।

जिल्लामा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सव–स्टेशन निर्माण गरिएको र सव स्टेशनले आजबाट आफ्नो सेवा शुरु गरेको हो ।

१३२÷३३ केभीए सव स्टेशन आयोजना नवलपुरबाट विद्युत सेवा प्रवाह शुरु भएपछि आफुहरुलाई खुसी लागेको र विद्युतीय समस्याबाट मुक्त भएको स्थानियले बताए ।

निर्माण कम्पनी पावाटेक वाईवा जेभीले पनि कोरोना महामारी, वर्षायाम र चाडपर्वले निर्धारित समयमा निर्माण सम्पन्न नभएको भएपनि आफुहरुले काम गर्न कुनै कन्जुस्र्याइ नगरेको जनाएको छ ।

१३२÷३३ केभीएको ट्रान्सपरमर कार्तिक २ गतेबाट चार्ज गर्न शुरु गरिएको र १३२/३३ केभीए सव स्टेशन आयोजना नवलपुरबाट विद्युत प्रवाह शुरु भएपछि सर्लाहीमा विद्युतीय समस्यामा सुधार हुने आयोजनाले जनाएको छ ।

सरकार र विद्युत प्राधिकरणको करिब ४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५/०७६ बाट सव–स्टेशन निर्माण सुरु गरेको थियो ।

पावाटेक वाईवा जेभि कम्पनीले निर्माणको ठेकका पाएको थियो । यस अघि जिल्लामा ३ वटा सव स्टेशन ३३/११ केभिएका रहेका कारण विद्युतीय समस्या आई रहेको सर्लाहीमा अब सम्पुर्ण विद्युतीय समस्या समाधन हुने भएका छन् ।