Sun Jan 16 2022
मुख्य खबर

थप पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पाँच सय १३ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।

८१७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।