Mon Jan 17 2022
देश

बाढी पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

पाँचथर । अविरल वर्षा कारण बाढी पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका थिए ।

ती प्रकोपमा परी बेपत्ता भएका ६ जना मध्ये २ जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ४ जना बेपत्ता भएका छन् । १० जना घाइते छन् ।

गत वैशाख १ गतेदेखि कार्तिक ६ गतेसम्म बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका २ हजार ९० वटा घटनामा ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । ८० जना बेपत्ता अवस्थामा छन् भने १२ सय ८४ जना घाइते भएका छन् ।

सो प्रकोपबाट ३ हजार ४ सय ४३ परिवार प्रभावित भएका छन् । उक्त प्रकोपबाट झन्डै १ अर्ब ९ करोड २५ लाख २१ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।