जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरी

ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरी

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र संकटा क्लबबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।

खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३ औँ मिनेटमा संकटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३  खेल नै खेलको संकटा १६ अंक जोडेर अंक तालिकाको ११ औँ स्थानमा रहेको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका