जोडिनुहोस
  • होमपेज
  • महावीर पुन सरकारसँगको सल्लाहमै माइतीघर बसेको बुझेको छु : प्रधानमन्त्री प्रचण्ड

महावीर पुन सरकारसँगको सल्लाहमै माइतीघर बसेको बुझेको छु : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मातीघरमा धर्ना बस्नुअघि नै उनको माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका छन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसको बताए ।

महावीरले आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने माग राखेको तर बजेटको एक प्रतिशतमा सहमत भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

बजेटमा उक्त माग सम्बोधन गर्ने सहमति भएपछि हिंड्ने बेलामा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हास्दै निस्किएको प्रचण्डले सुनाए ।

‘म त माइतीघरमा बस्छु विचार गर्छु भन्नुभयो सहज ढंगले । मैले बस्नुस भन्न मिल्दैन बस्नुभयो भने मलाई मद्दत नै हुन्छ भनेँ,’ प्रचण्डले भने, ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु ।

उनले महावीर धर्ना बस्दा उनको माग अनुसारको बजेट छुट्याउन सरकारलाई सहज हुनेसमेत बताए । पहिले नै महावीरको माग सम्बोधन गर्न तयार भइसकेकोले सरकारले वास्ता गरेन भन्नु झुटो भएको उनको भनाइ छ ।

आजै सरकारले महावीरसँग लिखित सहमति गर्ने उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका