जोडिनुहोस
  • होमपेज
  • नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो

नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुन: रोकिएको छ । टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले २७ ओभरमा ९ विकेट १ सय ६ रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो ।

सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ । तर, सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।

आइतबार भएको तेस्रो स्थानको खेल बर्षाका कारण रद्द भएसँगै ओडिआई मान्यता प्राप्त राष्ट्रको आधारमा ओमान विजेता बन्यो । विजेता बनेसँगै ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका