सिरियामा वनमा आगो लगाएको आरोपमा २४ लाई फाँसी, ११ लाई आजीवन कारावास

सिरियामा वनमा आगो लगाएको आरोपमा २४ लाई फाँसी, ११ लाई आजीवन कारावास
आइतवार, कार्तिक ७, २०७८

 

सिरियामा जंगलमा आगो लगाएको आरोपमा २४ जनालाई फाँसी र ११ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

जंगलमा आगो लगाएको भन्दै २४ जनालाई फाँसी र ११ जनालाई कठोर श्रमसहितको आजीवन कारावासको सजाय सुनाइएको सिरियाको न्याय मन्त्रालयले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ । गत वर्ष उत्तरपश्चिम सिरियाको वनमा आगो लागेको थियो । सरकारले यो मामिलालाई आतंकवादको रूपमा लिई दोषीलाई सजाय दिएको स्पष्ट पारेको छ । उक्त आगोका कारण मानवीय क्षति हुनुका साथै सरकारी र निजी सम्पत्ति, खेत, वन र पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख छ । आगलागीमा ३२ हजार एकड क्षेत्रफलमा रहेको बाली जलेर नष्ट भएको थियो भने किसानले करिब ३ करोड डलरको नोक्सानी बेहोरेका थिए ।