पाकिस्तानमा हिंसात्मक झडप, ६ जनाको मृत्यु

पाकिस्तानमा हिंसात्मक झडप, ६ जनाको मृत्यु
आइतवार, कार्तिक ७, २०७८

 

पाकिस्तानमा प्रहरी र कट्टरपन्थी इस्लामिक समुदायबीच भएको झडपमा ६ जनाको ज्यान गएको छ ।
पाकिस्तानको लाहोरमा शनिबार प्रहरी र कट्टरपन्थी इस्लामिक समुदायबीच भएको भीषण झडपमा ६ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि शुक्रबार भएको हिंसात्मक झडपमा दुई प्रहरीसहित चार जनाको मृत्यु भएको थियो । यो संगै मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा तीन प्रहरी र सात जना इस्लामिक कार्यकर्ता रहेका छन् । प्रहरीका अनुसार घटनामा १५ जना घाइते भएका छन् । प्रहरी र इस्लामिक संगठन तेहरिक–ए–लब्बैकका समर्थकहरूबीच झडप हुँदा शुक्रबार हिंसा भड्किएको थियो । कट्टरपन्थी कार्यकर्ताहरुले लाहौरबाट इस्लामाबादसम्म ¥याली निकालेका थिए । ¥यालीमा फ्रान्सबिरूद्धको प्रदर्शनका क्रममा गत बर्ष पक्राउ परेका उनीहरुका नेता साद रिजवीलाई रिहा गर्न माग गरिएको थियो । यता, सुरक्षाकर्मीले कार्यकर्ताहरूमाथि २५ सय भन्दा बढी अश्रु ग्यास प्रहार गरेर जुलुसलाई इस्लामाबादतर्फ जानबाट रोक्न खोजेपछि भीड हिंसात्मक बनेर जनधनको क्षति भएको जनाइएको छ ।