Wed Jan 19 2022
देश

पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने ३ जनाको मृत्यु भएको छ ।

८७७ जना संक्रमणमुक्त भएका छन् ।

७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ५६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार १५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८७ हजार ५०७ जना निको भएका छन् ।