Thu Jan 27 2022
देश

बाढीपहिरो पीडितलाई नभेटी हेलिकप्टरबाटै प्रभावित क्षेत्र हेरेर फर्किए देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टरबाटै बाढी प्रभावित क्षेत्र हेरेर फर्किएका छन् ।

बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि गएका प्रधानमन्त्री देउवा बाढीपहिरो पीडितलाई नभेटी हेलिकप्टरबाटै प्रभावित क्षेत्र हेरेर फर्किएका हुन् ।

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिको आश्वासनसहित अन्य मन्त्रीहरु पनि लिएर उनी आइतबार बिहान प्रदेश १ पुगेका हुन् ।

बाढी पहिरोले प्रदेश १ मा गरेको क्षतिबारे प्रधानमन्त्री देउवाले ब्रिफिङ लिने कार्यक्रम सुनसरीको पकलीमा तय भएको थियो ।

त्यहाँ बाढीपीडित सर्वसाधारणलाई नभेटी सरकारी कर्मचारीहरूबाट प्रभावित जिल्लाको बारेमा प्रदेश १ का हाइप्रोफाइल व्यक्ति र नेताहरुबाट ब्रिफिङ सुनेर फर्किए ।

डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री देउवासँगै ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ प्रदेश १ पुगेका छन् ।