जोडिनुहोस
  • होमपेज
  • मेक्सिकोमा पर्यटक बस पल्टिँदा १८ जनाको मृत्यु ३३ जना घाइते

मेक्सिकोमा पर्यटक बस पल्टिँदा १८ जनाको मृत्यु  ३३ जना घाइते

मेक्सिको– मेक्सिकोको पश्चिमी राज्य नायरिटकाे राजमार्गमा पर्यटक बस पल्टिँदा करिब १८ जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

नायरिट राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, ‘शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको हो ।

पर्यटक बस जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ गइरहेको  समयमा दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका