Wed Aug 10 2022
आर्थिक

सेयर बजारमा हरियाली, कारोबार रकम र परिसूचक दुवै बढे

काठमाडौं । साताको दोस्रो दिन सोमबार धितोपत्र बजार उच्च अंकले उकालो लागेको छ।

सेयर कारोबार मापक नेप्से परिसूचक आज ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको हो। नेप्सेमा आज कुल २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबारबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीमा कारोबार भयो। बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । आज कारोबार रकम र र परिसूचक दुवै बढेको छ ।

बजार अस्वभाविक रुपमा वृद्धि गर्ने बैंकहरूको प्रयाससमा राष्ट्र बैंकले सर्किट लगाइदिए पछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको विश्लेषकहरू बताउँछन्।

आज १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा छ।