Tue Jan 18 2022
मुख्य खबर

बर्षाका कारण अवरुद्ध केआइसिंह राजमार्ग खुल्यो

डडेल्धुरा । गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो ।

राजमार्ग अस्थायीरुपमा खुलेको हो । साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छाडिएको उनले बताए ।