जोडिनुहोस
  • होमपेज
  • महावीर पुन सरकारको सल्लाहमा नै आन्दोलनमा उत्रिएका हुन : प्रधानमन्त्री प्रचण्ड

महावीर पुन सरकारको सल्लाहमा नै आन्दोलनमा उत्रिएका हुन : प्रधानमन्त्री प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा नै आन्दोलनमा उत्रिएको दावी गरेका छन्।

प्रेस सेन्टर नेपाल चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको दावी गरे।

उनले महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको पनि बताए। उनले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताए।

उनले भने, ‘महावीर पुन माइतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा। राम्रो कुराकानी भयो। केही माग गर्नुभएको छ। जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो। म त माइतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाईं बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो। सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो। म उहाँका माग सम्बोधन गर्छु।

पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

उनले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र काँग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताए।

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताए। उनले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि खुलासा गरे। प्रधानमन्त्री दाहालले रास्वपा पनि सरकारमा आउने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका