Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

सुडानमा सैन्य ‘कू’, प्रदर्शनमा उत्रिएकामाथि गोली चल्दा ७ जनाको मृत्यु

सुडानमा सरकार विघटन गर्दै राजनीतिक नेताहरूलाई गिरफ्तार गरेपछि सर्वसाधारण विद्रोहमा उत्रिएकाछन् ।

सुडानको सेनाका प्रमुख जनरलले गैरसैनिक सरकार विघटन गर्दै राजनीतिक नेताहरूलाई गिरफ्तार गरी सङ्कटकालको घोषणा गरेपछि सर्वसाधारण विद्रोहमा उत्रिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

यसअघि सोमबार देशका अन्तरिम प्रधानमन्त्री तथा सरकारका मन्त्रिपरिषद्का सबै सदस्यलाई पक्राउ गरिएको थियो । यसपछि आन्दोलनले चर्को रुप लिएपछि सुरक्षा बलले आन्दोलनकारीमाथि गोली चलाएको जनाइएको छ, जसमा तीन जनाको मृत्यु भएको उल्लेख छ । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार यस क्रममा ८० जना घाइते भएका छन् ।

लामो समय सुडानमा शासन गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएर दुई वर्षअघि सङ्क्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरूबीच द्वन्द्व चर्किएको बीबीसीले जनाएको छ ।
एक टेलिभिजन सम्बोधनमा, सुडानी सेनाका जनरल अब्देल–फताह बुरहानले देशको शासक सार्वभौम परिषद भंग भएको बताउदै प्रधानमन्त्री अब्दुल्ला हमडोकको नेतृत्वमा रहेको सरकार पनि खारेज भएको बताए । उनले राजनीतिक गुटभित्रको द्वन्द्वका कारण सत्ता सेनाले आफ्नो हातमा लिएको बताए ।