Wed Jan 19 2022
मुख्य खबर

आज देशभर एमाले वडा अधिवेशन हुँदै, पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ ।

गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको हो ।

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन् । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।