Thu Jan 20 2022
देश

न्यायालयभित्रको ‘गुटबन्दी’ र ‘दाउपेच’मा एमाले तटस्थः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा आफुुहरु नपस्ने बताएका छन् ।

मंगलबार बिहान प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश विवादमा आफ्नो पार्टी नबोल्ने बताएका हुन् ।

ओलीले यसअघि सुशीला कार्की प्रधानन्यायाधीश हुँदा नै जबराबाट संविधान मिच्ने काम भएको बताए ।

त्यही पुरानो परम्परा दोहोरिएको चर्चा गर्दै के सर्वोच्च अदालतले संविधान मान्नुपर्दैन भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘हामीलाई सर्वोच्च अदालतको अशोभनीय गुटबन्दी वा दाउपेचमा फस्नु छैन । हाम्रो चिन्ता अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अंगका रूपमा राख्ने हो’, उनले भने ।

ओलीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने वा उनको राजीनामा माग्ने भन्ने विषयमा पार्टीको कुनै धारणा नरहेको तटस्थताको सन्देश दिएका हुन् ।