Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

कोलम्बियाका मस्ट वान्टेड तस्कर पक्राउ

एजेन्सी । कोलम्बियाका मस्ट वान्टेड लागुऔषध तस्कर र देशको सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता पक्राउ परेका छन् ।

ओटोनियल भनेर चिनिने डायरो एन्टोनियो उसुगालाई सेना, वायुसेना र प्रहरीको संयुक्त अपरेशनपछि नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

ओटोनियललाई पनामाको सिमानामा रहेको उत्तर–पश्चिमी कोलम्बियाको एन्टिओकिया प्रान्तमा रहेको ग्रामीण क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ ।

उनलाई पक्राउ गर्न २२ हेलिकप्टरको सहायतामा ५०० सैनिक परिचलन गरिएको थियो जस क्रममा एक प्रहरी अधिकारी समेत मारिएको उल्लेख छ ।

सरकारले उनको जानकारीको लागि ८० लाख डलर इनाम प्रस्ताव गरेको थियो, यस्तै, अमेरिकाले उनको टाउकोको ५ मिलियन मूल्य तोकेको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले टेलिभिजन भिडियो सन्देशमा ओटोनियलको कब्जाको प्रशंसा गर्दै देशमा आतंककारी हिंसा रोक्नको लागि निरन्तर प्रयासरत रहेको जानकारी दिए ।

उनले यो शताब्दीमै देशमा लागुऔषध तस्करी विरुद्धको सबैभन्दा ठूलो उपलब्धी रहेको उल्लेख गरे ।