Mon Jan 17 2022
आर्थिक

साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा हरियाली, नेप्सेसहित कारोबार रकममा समेत वृद्धि

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार पुन : लयमा फर्किएको छ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार उकालो लागेको हो । यस साता तीन दिन नै सेयर बजारमा हरियाली छाएको छ ।

सेयर बजार लयमा फर्किएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । आज नेप्सेसहित कारोबार रकममा समेत वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७८.८२ अंकले बढेर २७५१.०७ बिन्दुमा पुगेको छ । आज नेप्से २.९५ प्रतिशतले बढेको हो ।