जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै ४ सिट रहेकाे राप्रपाले कतै पनि मत दिएन ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । यसअघि ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गरेका थिए । चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका