Thu Jan 20 2022
अन्तर्राष्ट्रिय

पाकिस्तानमा २ समूहबिच झडप, ११ जनाको मृत्यु

पाकिस्तानमावन क्षेत्रको विवादितभूमिलाई लिएर दुई समूहबीच झडप हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
उत्तरपश्चिमपाकिस्तानको कुर्रम जिल्लाको कोहाट डिभिजनमा आदिवासीशिया–सुन्नीबीचको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्रोतकाअनुसार विवादित हिमाली जंगलमा रुख काट्ने विषयमा दुई समूहबीच झडप भएको हो । यस क्रममाभारी हतियार प्रयोग गरिएको जनाइएको छ । स्थिति नियन्त्रणमा लिनप्रहरी परिचालन गरिएको उल्लेख छ ।