Thu Aug 18 2022
अन्तर्राष्ट्रिय

छुरा प्रहार गरी सात जनाको हत्या

चीनमा एक व्यक्तिले छुरा प्रहार गरी सात जनाको हत्या गरेका छन् ।
चीनको वुहान सहरमा छुरा प्रहार गर्दा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका गाउँ प्रमुखसहित एकै परिवारका पाँच सदस्य र अन्य २ सर्वसाधारण रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

परिवारका पाँच सदस्यमध्ये दुई साना बालबालिका समेत रहेको जनाइएको छ । हत्याराले जियाओसी टाउनसिपका कम्युनिष्ट पार्टीका प्रमुख, उनकी श्रीमती, बुहारी र दुई नातिनातिनालाई छुरा प्रहार गरेको जनाइएको छ । एक बालक भने घटनास्थलमा छुरा प्रहारबाट घाइते भएका थिए । घाइते बालकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उक्त आक्रमणकारीले घरबाट बाहिर निस्केपछि उनले एकजना यात्रु र ट्याक्सी चालकलाई समेत आक्रमण गरेका थिए । उनले ट्याक्सी चालकबाट कार खोसेर भाग्न खोजेको जनाइएको छ । आक्रमणबाट ट्याक्सी चालक र यात्रु दुवैको पनि मृत्यु भएको जनाइएको छ ।

यस क्रममा प्रहरीले संदिग्ध आरेपीको पछि लाग्दा आक्रमणकारी नदीमा हाम फालेर भागेको जनाइएको छ । उनको खोजी भइरहेको छ । साथै हत्याको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।