नेपालमा भित्रियो पानीको फो–राबाट बोसो हटाउने प्रविधी

नेपालमा भित्रियो पानीको फो–राबाट बोसो हटाउने प्रविधी
बुधबार, कार्तिक १०, २०७८

काठमाडौं – काठमाडौंको बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकमा विश्वकै पहिलो पानीको फो–रा प्रयोग गरि पेट, कम्मर, तिघ्रा, हात वा घाँटीबाट बोसो हटाउने प्रविधी (लिपोसक्सन) सञ्चालनमा आएको छ ।

सो प्रविधी विश्वभरका प्रसिद्ध उपकरणहरूको मेडिकल उपकरण आपूर्तिकर्ता “द मल्ल इङ्क” ले ल्याएको हो । ‘लिपोसक्सन एक सर्जिकल प्रक्रिया हो जसले शरीरको पेट, कम्मर, तिघ्रा, हात, घाँटी जस्ता अन्य विशिष्ट अंगहरूबाट बोसो हटाउन सक्शन प्रविधि प्रयोग गर्दछ । र यो नयाँ प्रविधिले बोसो हटाउन पानीको निरन्तर प्रवाहको प्रयोग गर्दछ ।’ संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

“यस बडी–जेट प्रविधि प्रयोग गरेर शरीरका अंगहरूबाट बोसो हटाउने प्रक्रिया मात्र दुई घण्टामा सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ ।” हेल्दी च्वाइस क्लिनिकका डा उदिप श्रेष्ठ भन्छन्, “यस केन्द्रमा प्रयोग हुने विश्वको उत्कृष्ट उपकरणहरूले उच्च दक्षता सुनिश्चित गर्दछ र पेट, कम्मर, भित्री तिघ्रा, बाहिरी तिघ्रा, घुँडा, बाछो, पीठ, हात, चिन जस्ता अंगहरूबाट धेरै मात्रामा बोसो हटाउन मद्दत गर्छ ।”

श्रेष्ठका अनुसार यो जर्मन प्रविधीबाट बनेको उपकरण हो र यसले पहिलेको प्रविधी भन्दा राम्रो परिणाम दिन्छ । ‘अल्ट्रासोनिक जस्ता अन्य प्रविधीले बोसो पगाल्नको लागि धेरै उच्च गतिमा कम्पन हुने सुईको प्रयोग गर्दछ ।

यसले तातोपन उत्पन्न गर्छ र छालालाई जलाउन सक्छ । तर यस बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउदैन । वाटर–जेटको प्रवाह मिलाउन सक्ने हुनाले रक्तश्रापलाई पनि कम गर्दछ र घाँउ हुन तथा शरीरको अंगलाई सुन्निन कम गर्छ । त्यसैले, यसले उपचार पाईरहेको व्यक्तिको लागि उच्चतम सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्दछ ।’ द मल्ल इन्कका प्रबन्ध निर्देशक सजल मल्ल भन्छन् ।

द मल्ल इन्क नेपालमा लेजर प्रविधी भित्राउने मुख्य आपूर्तिकर्ता हो र यस कम्पनी अल्मा लेजर नामक विश्वकै अग्रणी स्थानमा रहेको लेजर प्रविधी कम्पनीको नेपालका लागि एकमात्र आयातकर्ता हो । द मल्ल ग्रुप यस क्षेत्रमा बिगत २८ वर्ष देखि सक्रिय छ ।

मल्ल भन्छन्, “यो प्रविधी सञ्चालनमा ल्याउनु भएकोमा द हेल्दी चोईस क्लिनिकका डा। उदिप श्रेष्ठलाई बधाई दिन चाहन्छु । हामी उहाँको क्लिनिकमा छिट्टै थप नयाँ प्रविधिहरू उपलब्ध गराउने छौं किनभने हाम्रो ध्येय र परिकल्पना एउटै छ । साथै हामी हाम्रो देश नेपालमा थप नयाँ प्रविधिहरू भित्राउन चाहन्छौं । स्वास्थ्य क्षेत्रको विकासका सुनिश्चित छ ।”

क्लिनिकका स्वास्थ्यकर्मीहरूलाई भारतका डाक्टर सन्दिप जैनले प्रशिक्षण दिएका हुन् । उनीले शल्यक्रियामा स्नातकोत्तर डिग्री हासिल गरेका छन् र बिगत आठ वर्षभन्दा बढी समयदेखि यस प्रविधीबाट सेवा प्रदान गरिरहेका छन् ।

उनले लण्डनबाट यस प्रविधीका लागि सर्टिफिकेट पनि प्राप्त गरेका छन् । डाक्टर जैन सैफी, ब्रीच क्यान्डी, भाटिया र वोकहार्ट सहित भारतका धेरै अस्पतालहरूमा संलग्न छन् ।