Sun Jan 16 2022
मुख्य खबर

कस्तो महंगो चिया, एक कपकै १२ लाख !

विश्वको सबैभन्दा महंगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मुल्य लाखौं पर्दछ भन्दा पत्याउनु हुन्छ ?

‘द होंग पाओ’ नामक चियाको मुल्य सुनको मुल्य भन्दा कैयौं गुणा बढी छ । चीनको एक सानो शहर, फुजियानको वूइसन क्षेत्रमा पाइने ‘द होंग पाओ’ चिया स्वास्थ्यकालागि अत्यन्त लाभकारी मानिन्छ ।

विशेष बिरुवाबाट तयार हुने यस चियालाई जीवनदायनी मानिएकै कारणले यो सुन भन्दा मुल्यवान मानिएको हो । यस चियाको एक घुट्कीका लागि करीब १२ लाख तिर्नु पर्दछ ।

सन् २००२ मा एक धनी व्यवसायीले २० ग्राम मात्रा खरीद गर्न २८ हजार डलर तिरेका थिए । अहिले यसको एक ग्रामको मुल्य मात्र १४ सय डलर पर्दछ । अझ एक प्यालामा यसलाई पिउने भए १० हजार डलर भन्दा बढि पर्ने गर्दछ । जसको नेपाली रुपैयाँ करिब १२ लाख पर्दछ ।

‘द होंग पाओ’ चिया यति धेरै महंगो हुनुमा यो चिया बन्ने बिरुवा हो । किनभने यो जुन बिरुवाबाट बन्दछ सो बिरुवा अब संसारमा लगभग पाइँदैन । यस्तोमा प्राचीन चिया संग्रहित गरी राखेकोले यसको मुल्य लाखौं परेको हो ।