Sun Jan 16 2022
देश

कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ३७५

काठमाडौँ– नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ३७५ पुगेको छ । आज गरिएको ९ हजार ४९५ जनाको स्वास्थ्य परीक्षणमा ६७२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ४९५ संक्रमितले कोरोनालाई जितेका छन् ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित स्वास्थ्य अपडेट गर्दै ९ हजार ४९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ५८२ जनामा कोृरोृना संक्रमण पुष्टि भएको थियो । त्यस्तै २ हजार ३२८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

बितेको २४ घण्टाको अवधिमा ४९५ संक्रमितले कोरोनालाई जितेका छन् । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा पीसीआर विधिबाट ४३ लाख ९३ हजार ७३४ जनाको स्वास्थ्य परीक्षण गर्दा ८ लाख १० हजार ८८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ६ लाख ५१ हजार २४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण अनुसार ९४ लाख ३०५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ९ हजार १२५ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणबाट ११ हजार ३० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोरोना निको हुनेको दर ९७ दशमलव ३ प्रतिशत छ । सक्रिय संक्रमित १० हजार ३७५ जनाको विभिन्न संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको छ भने २१६ जना क्वारेन्टिनमा छन् । अहिले कोरोना संक्रमणदर केही घटे पनि जोखिम अझै उस्तै रहेकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आम सर्वसाधारणलाई आग्रह गरेको छ।