जोडिनुहोस
  • होमपेज
  • सुडान : सात दिनको सङ्घर्ष विरामका लागि सहमति, पाँच लाख बेघर

सुडान : सात दिनको सङ्घर्ष विरामका लागि सहमति, पाँच लाख बेघर

सुडानमा नियन्त्रणका लागि लडिरहेका प्रतिद्वन्द्वी सैन्य समूह एक हप्ताको सङ्घर्ष विराममा सहमत भएका छन् । यो सङ्घर्ष विराम ४ मेदेखि लागू हुनेछ ।

दक्षिण सुडानले दुवै पक्षबीच यो सम्झौताको घोषणा गरेको छ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आफ्ना प्रतिनिधित्व पठाउनका लागि तयार पनि भएको बताएको छ ।

यद्यपि, दुई पक्षबीच भएको सङ्घर्ष विराम टिक्न सकेको थिएन र दुवैले एक अर्कामाथि सम्झौता तोडेको आरोप लगाएका छन् ।

सुडानको सेना र अर्धसैनिक बल आरएसएफबीच १८ दिन अघि सुरु भएको युद्धका कारण हालसम्म पाँच लाख मानिसले आफ्नो घर छोड्नु परेको छ ।

मङ्गलवार पनि राजधानी खार्तूममा भारी सङ्घर्ष जारी रह्यो । पश्चिम क्षेत्र दारफूरमा पनि भीषण लडाइँ सुरु भएको छ । संयुक्त राष्ट्रका अनुसार १५ अप्रिलमा सुरु भएको युद्ध पछि हालसम्म एक लाखभन्दा बढीले देश छोडिसकेका छन् ।

युद्ध नरोकिए सुडानमा भीषण विध्वंस हुने अधिकारीले चेतावनी दिएका छन् । सुडानका स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म युद्धमा ५०० भन्दा बढी मारिएका छन् र चार हजारभन्दा बढी घाइते भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका