Fri Jan 21 2022
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भोकमरीबाट बच्न छोरी बेचिदै

अफगानिस्तान विदेशी कोष रोकिएसँगै संकटमा परेको छ । देशको आधाभन्दा बढी जनसंख्या यसबाट प्रभावित भएको छ । स्थिति यति सम्म खराब भएको छ कि अफगानिस्तानका गरिब जनता भोकमरीबाट बच्न आफ्ना छोरी बेच्न बाध्य छन् ।
एएफपीको रिपोर्ट अनुसार भोकमरीबाट बच्न कम उमेरमा विवाहको नाममा सानै उमेरमा बालिकाहरुलाई २ देखि २ लाख ५० हजार रुपैयाँसम्म बेच्ने गरेका छन् । पश्चिमी अफगानिस्तानमा फहिमा नामकी एक महिलाले आफ्ना श्रीमानले आफ्नो ६ वर्षीया छोरी र डेढ वर्षीया छोरीलाई बेचेको बताइन् । जेठी छोरीको मूल्य ३ हजार ३ सय ५० डलर (लगभग २.५ लाख रुपैयाँ) थियो भने कान्छी छोरीको बदलामा उनले २८ सय डलर (लगभग २.१ लाख रुपैयाँ) पाएकी थिइन् । यो रकम पनि एकमुष्ट नदिई छोरी किन्ने परिवारले किस्तामा तिर्नेछन् ।
फहिमाले विरोधमा श्रीमानले छोरी नबेचमा खानलाई केही बाँकी नभएकाले सबै मर्ने बताएको सुनाइन् । उनको श्रीमान पनि नाबालिग रहेको उनले बताइन् ।