Thu Jan 20 2022
अन्तर्राष्ट्रिय

अफ्रिकामा १० वर्षमा ९ देशमा १२ पटक सतापलट

 

अफ्रिकी देश सुडानमा सैनिक विद्रोहपछि अमेरिकाले ५ हजार २ सय ५० करोड रुपैयाँको आर्थिक सहायता रोकेको छ । अफ्रिकामा एक दशकमा गिनी, माली लगायत ९ वटा देशमा धेरै पटक सतापलट भएका पे छ । १० वर्षमा कुन-कुन अफ्रिकी देशमा सतापलट भयो ?

सुडान, २५ अक्टोबर २०२१ : सशस्त्र सेनाले सत्ता कब्जा गरी प्रधानमन्त्रीलाई बन्धक बनायो ।

गिनी, सेप्टेम्बर २०२१ : सेनाले सत्ता कब्जा गरी राष्ट्रपति अल्फा कोन्डेलाई गिरफ्तार ।

जिम्बाब्वे, नोभेम्बर २०१७: राष्ट्रपति रोबर्ट मुगाबे अपदस्थ भएसँगै ३७ वर्षको शासन समाप्त ।

माली, मे २०२१ः जनताबाट निर्वाचित नेताहरूबाट सत्ता लिएर सेनाले अन्तरिम सरकार गठन गरेको ।

बुर्किना फासो, सेप्टेम्बर २०१५ : राष्ट्रपति माइकल कफन्डोलाई सुरक्षा कमाण्डद्वारा पदच्युत गरियो ।

चाड, अप्रिल २०२१ : राष्ट्रपति इड्रिस डेबीको मृत्युपछि उनका छोराले सत्ता कब्जा गरे ।

इजिप्ट, जुलाई २०१३ : प्रजातान्त्रिक रूपमा निर्वाचित मोहम्मद मोर्सीलाई सेनाद्वारा पदच्युत गरियो ।

माली, अगस्ट २०२० : राष्ट्रपति इब्राहिम बाउबकरले संसद विघटन हुनेबित्तिकै राजीनामा दिनुपरेको थियो ।

मध्य अफ्रिकी गणराज्य, मार्च २०१३ : सेलेका नामक विद्रोहीहरूले फ्रान्कोइसलाई पदच्युत गरेको ।

सुडान, अप्रिल २०१९: तानाशाह उमर अल–बशीर विरुद्ध विद्रोह । सेनाद्धारा उनको ३० वर्षको शासनको अन्त्य ।

गिनी बिसाउ, अप्रिल २०१२ः   सेनाले अन्तरिम राष्ट्रपति राइमुन्डो परेरालाई अपदस्थ गरेर सत्ता कब्जा गरेको ।