Wed Jan 19 2022
खेलकुद

टी-ट्वान्टी विश्वकप : इंग्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशलाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो । जितसँगै इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा रहेको छ ।

अंक विहीन बंगलादेश पाँचौं स्थानमा रहेको छ । बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।  डाविड मालनले अविजित २८ रन जोड्दा जोस बट्लरले १८ रन बनाए । जोनी बेयर्सटो ८ रनमा अविजित रहे ।

बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमेदले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

बंगलादेशका मुस्फिकर रहिमले २९ रन जोड्दा कप्तान महमुदउल्लाहले १९ रन बनाए । नासुम अहमेद १९ रनमा अविजित रहे । नुरुल हसनले १६ रन जोडे ।

इंग्ल्यान्डका ट्यामल मिल्सले ३ तथा मोइन अलि र लियाम लिभिङस्टोनले २/२ विकेट लिए ।