Wed Aug 10 2022
देश

संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी

काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी थालेको छ ।

मन्त्रिपरिषद बैठक आज दिउँसो ३ बजे बस्दैछ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्न सक्नेछ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पनि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको जानकारीमा रहेको बताएको छ ।

मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ । सरकारको सिफरिसमा संसदको अधिवेशन शुरुवात गर्ने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।