जोडिनुहोस
  • होमपेज
  • काठमाडौँमा आज दिनभर बदली र वर्षा हुने, भोलिबाट मौसम खुल्ने

काठमाडौँमा आज दिनभर बदली र वर्षा हुने, भोलिबाट मौसम खुल्ने

काठमाडौँ— कर्णाली प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंका केही ठाउँमा बिहानैबाट वर्षा सुरु भएको छ । “काठमाडौंका केही स्थानमा बिहानैबाट वर्षा सुरु भएको छ । आज दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । दिनभर वर्षा नभए पनि पानी पर्ने र रोकिनेक्रम चलिरहनेछ,” मौसमविद् रोजन लामिछाने भन्छन् । अपराह्नपछि भने मौसम खुल्ने उनको भनाइ छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भोलिबाट भने मौसम केही खुल्दै जाने मौसमविद् लामिछानेले जानकारी दिए । “तुलानात्मक रूपमा भोलिबाट मौसम केही खुल्दै जाने देखिन्छ । तर, अपराह्नपछि भने पहाडी भेगमा वर्षा हुने सम्भावना छँदैछ,” उनले भने, “बिहान र दिउँसो भने भोलिबाट वर्षा हुने सम्भावना कम छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका