Mon Jan 17 2022
खेलकुद

नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी अण्डर ट्वान्टी थ्री एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछ ।

नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।

छनोट अन्तर्गत पहिलो खेलमा बलियो टोली इरानविरुद्ध ४ शुन्य पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रंदा पहिलो अंकको खोजीमा हुनेछ ।

समूह बी अन्र्तगत आफ्नो पहिलो खेलमा ताजाकिस्तानले लेबननमाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो ।

सोही लयलाई ताजिकिस्तानले निरन्तरता दिन चाहन्छ । यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्ने तालिका छ ।

११ समूहका शीर्ष टोली सहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी अण्डर ट्वान्टी थ्री एसियन कप खेल्नेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ ।