जोडिनुहोस
  • होमपेज
  • प्रिमियर लिगमा हालन्डको कीर्तिमान, सिटी शीर्षमा फर्कियो

प्रिमियर लिगमा हालन्डको कीर्तिमान, सिटी शीर्षमा फर्कियो

काठमाडौं— म्यानचेस्टर सिटीका स्ट्राइकर इर्लिङ ब्राउट हालान्डले इङ्लिस प्रिमियर लिगको डेब्यु सिजनमै अविश्वसनीय प्रदर्शन गरेका छन् ।

बुधबार राति हालान्डले एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएको खेलमा सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हराएको छ । जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

‘गोल मेसिन’ उपमा पाएका हालान्डले ७०औँ मिनेटमा ज्याक ग्रेलिसको पासलाई चिप गर्दै गोल गरेका थिए । जारी लिगमा हालान्डको यो ३५औँ गोल हो । यससँगै हालान्डले एलेन शेएरर र एन्डी कोलको कीर्तिमान तोडेका हुन् । शेएरर र कोलको नाममा समान ३४ गोलको कीर्तिमान थियो । शेएररले १९९३र९४ तथा कोलले १९९४र९५ को सिजन उक्त कीर्तिमान बनाएका थिए । त्यतिबेला लिगमा २२ टिमले प्रतिस्पर्धा गर्थे भने ४२ खेल हुन्थ्यो ।

“आजको यो साँझ विशेष रह्यो । मेरो लागि विशेष क्षण हो । म साँच्चै खुसी र गर्व गर्छु । मलाई थाहा छैन अरू के भन्ने हो,“ हालान्डले स्काई स्पोर्ट्ससँगको कुराकानीमा भने, “पक्कै पनि, मलाई कीर्तिमा बारे थाहा थियो । तर, हामीले गोलका अवसरहरू सिर्जना गर्ने प्रयास गर्यौं र यो सजिलो थिएन । किनभने उनीहरू रक्षात्मक खेलिरहेका थिए । हामीले पहिलो हाफमा संघर्ष ग¥यौं । अन्नत दोस्रो हाफमा सफल भयौँ ।’’

इत्तिहाद रंगशालामा खेलपछि सिटीका खेलाडीहरूले हालान्डलाई ‘गार्ड अफ अनर’ दिएर सम्मान गरेका थिए । त्यसले जोशका साथ हालान्डलाई धाप मारेपछि उनीहरूले उत्सव मनाएका थिए ।

उनका बुवा अल्फी हालान्डले पनि सिटीबाट खेलेका थिए । एउटा बक्सबाट खेल हेरेका हालान्डका बुवाको मुहारमा पनि फराकिलो मुस्कान देखिएको थियो । उनले पनि वरपरका सबैबाट बधाई पाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका