जोडिनुहोस
  • होमपेज
  • पन्जाबमाथी मुम्बईको सानदार जित

पन्जाबमाथी मुम्बईको सानदार जित

काठमाडौं। इन्डियन प्रिमियर लिग(आइपीएल) को सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई पराजित गरेको छ ।

पन्जाब घरेलु मैदान बिन्द्रा स्टेडियममा भएको खेलमा मुम्बईसँग ६ विकेटले पराजित भएको हो ।

पन्जाबले दिएको २ सय १५ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा इशान किशन र सुर्यकुमार यादवले अर्धशतकीय ईनिङ खेले ।

ओपनर किशनले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ७५ रन बनाए । यादवले ३१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६६ रन बनाए ।

पहिलो ओभरमा नै कप्तान तथा ओपनर रोहित शर्मालाई शुन्य रनमा गुमाएको मुम्बईका लागि दोस्रो विकेटका लागि किशन र क्यामरुन ग्रीनले ५४ रनको साझेदारी गरे ।

ग्रीनले १८ बलमा ४ चौकाको सहयोगमा २३ रन बनाए । तेस्रो विकेटका लागि किशन र यादवले १ सय १६ रनको साझेदारी गरे ।

पन्जाबका लागि नाथन एलिसले २ तथा रिषि धवन र अर्शदिप सिंहले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १४ रन बनायो।

पन्जाबका लागि लियम लिविङ्स्टोनले ४२ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ८२ रनको अर्धशतकीय इनिङ खेले।

जितेश शर्माले २७ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४९ रन बनाए । कप्तान शिखर धवनले २० बलमा ५ चौकाको सहयोगमा ३० रन बनाए ।

माथ्यु शर्टले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । मुम्बईका लागि पीयुष चावलाले २ तथा अर्शद खानले १ विकेट लिए ।

नौ खेलमा ५ जित र ४ हारका साथ १० टोली सहभागी लिगमा मुम्बई अंक सहित छैटौं स्थानमा रहेको छ ।

दश खेलमा ५ हार र ५ जितका साथ पन्जाब अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका