आर्यन खानले पाए जमानत

आर्यन खानले पाए जमानत
बिहिबार, कार्तिक ११, २०७८

एजेन्सी । अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २५ दिनपछि जमानत पाएका छन् । बम्बई हाई कोर्टले बिहीबार आर्यनसँगै अरबाज र मुनमुन धनेचालाई जमानत आदेश दिएको हो । कोर्टमा तीन दिन यता जमानतको विषयमा लिएर सुनुवाई चलिरहेको थियो ।

अदालतले जमानतको निर्णय दिए पनि जमानत निर्णयको विस्तृत कपी भोलि सार्वजनिक हुनेछ । अदालतले जमानत आदेश दिए पनि उनी शुक्रबार या शनिबारमात्र जेलमुक्त हुनेछन् ।

बिहीबार बम्बई हाई कोर्टमा ३ बजेबाट सुरु भएको सुनुवाईमा साँझ ४ः४५ बजेमात्र फैसला सुनाइएको थियो ।

आर्यनसहित आठ व्यक्ति गत अक्टोबर ३ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पाटीमा पक्राउ परेका थिए ।